कोरोना अपडेट : ६५ जना संक्रमित थपिए, कति संक्रमणमुक्त भए ?

लोकपथ
168
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ९४७ परीक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६१ हजार ७० पुगेको छ ।

११ हजार ९ सय ५० जनाले हाल सम्म कोरोना का कारण ज्यान गुमाएका छन्, भने पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ४९१७ जना सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?