प्रधानन्यायाधीशविरुद्धको महाअधियोग प्रस्तावबारे संसदमा छलफल सुरु

लोकपथ
77
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे प्रतिनिधि सभामा छलफल सुरु भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेस गरेका छन् ।

गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

गत फागुन २२ गते बसेको प्रतिनिधि सभाको बैठकमा उक्त प्रस्ताव संसदमा दर्ता गरिएको थियो । त्यस्तै सोही दिन महाअभियोगबारे छलफलका लागि ११ सदस्यीय समिति गठन समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?