सामन्थालाई भिडबाट जोगाउँदै देखिए वरुण धवन (भिडियोसहित)

लोकपथ
975
Shares

काठमाडौं । बलिउड स्टारहरूको ठूलो फ्यान फलोइङका कारण उनीहरूले प्रायः आफ्नो फोटो र भिडियोहरू सोशल मिडियामा पोस्ट गर्छन्। फ्यानहरू सधैँ आफ्नो मनपर्ने स्टारहरूको एक झलक पाउन उत्सुक हुन्छन् ।

बलिउड अभिनेता वरुण धवन र साउथ अभिनेत्री सामन्था रुथ प्रभुको एक भिडियो सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा दुवै जना मिडियाकर्मीले घेरिएका छन् भने सामन्था अलि नर्भस देखिएकी छिन् ।

वरुण धवन र सामन्था रुथ प्रभु

इन्स्टाग्राममा भाइरल भइरहेको भिडियोमा वरुण धवन र अभिनेत्री सामन्था निर्देशक राज निदिमोरुसँग मुम्बईको अँधेरीमा रहेको एउटा भवनबाट बाहिर निस्केको देखिएका छन् ।

दुई सुपरस्टारलाई देखेर उनीहरुलाई त्यहाँका फोटोग्राफरहरुले घेरेका थिए । यसै क्रममा वरुणले फोटोग्राफरलाई भने, ‘नडराऊ, किन डराउदै छौ ? यो भिडियोलाई उनका फ्यानहरुले निकै रुचाइरहेका छन् ।

वरुण धवन, सामन्था रुथ प्रभु

सिटाडेलमा वरुण र सामन्था पहिलो पटकसँगै देखिनेछन् । सिटाडेल बाहेक सामन्था ‘शकुन्तलम’ र ‘काठु वाकुला रेन्दु काधल’मा नयनतारा र विजय सेतुपतिसँग देखिनेछिन् । वरुण अमर कौशिकको फिल्म ‘भेडिया’ मा देखिनेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?