काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताएका छन् ।
आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताए । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध तथा केहि वस्तु आयातमा मार्जिनको व्यवस्था गर्दा अर्थतन्त्रमा चुनौती देखिएको भए पनि समस्या समाधान गर्न सिमित समयको यस प्रकारको ब्यबस्था लागु गरिएको बताए । मन्त्री शर्माले यो व्यवस्था अर्थतन्त्रको स्थिति सहज हुनासाथ हट्ने स्पष्ट पारे । भन्सारमा पछिल्लो समय वैधानिक बाटोबाट भन्दा पनि अवैधबाटो बाट वस्तु आयात हुने गरेको मन्त्री शर्माले बताए । उनले अवैध आयात रोक्नका लागि भन्सार विभाग मात्रै नभएर सरकारका सबै निकायले अनुगमन गर्नु पर्ने बताए । अर्थमन्त्री शर्माले भन्सारमा व्यापार सहजीकरण गर्नको लागि नीतिगत व्यवस्थाहरु स्पष्ट नभएकाले स्पष्ट नीति आवश्यक भएको बताए । उनले पछिल्लो समय निर्यातमा केही वृद्धि भएर १ खर्ब ३१ अर्ब पुगे पनि कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत पुगेको बताए । अब सरकारले विभिन्न नीति योजनाहरु मार्फत हरेक वर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै जानुपर्ने आवश्यकता रहेको दाबी गरे । सरकारले हरेक वर्ष १० प्रतिशत निर्यात नबढाए मुलुकको व्यापार घाटालाई कम गर्न र अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन नसकिने मन्त्री शर्माको भनाई छ ।
अर्थमन्त्री शर्माले भने,‘ अहिले अर्थतन्त्रमा देखिएका चुनौतीले भन्सारमा समेत प्रभाव पारेको छ । राष्ट्र बैंकले जारी गरेका कतिपय पत्रहरुले भन्सारमा प्रभाव पारिरहेको अवस्था छ । राष्ट्र बैंकका परिपत्रहरु देशको अर्थतन्त्रका चुनौतीहरुलाई सामान गर्नका लागि वाध्यकारी परिस्थिती हो । त्यो व्यवस्था संधै रहने नभएर केही सिमित समयको लागि निर्णय गरेका छौं । यति बेला भन्सार बैधबाट नभएर अवैधबाटो बाट कारोबार हुने देखिएकाले सहजक हुनुपर्छ । यो भन्सारको मात्रै जिम्मेवारी नभएर सबै निकायले अनुगमन गर्नु पर्ने देखिन्छ । भन्सारमा समान छुटको लागि फाइल आउने गरेकाले त्यसको लागि स्पष्ट नीतिहरु आवश्यकता छ । पछिल्लो समय निर्यातमा केही वृद्धि भएको छ । १ खर्ब ३१ अर्बको निर्यात भए पनि आयातको तुलनामा निर्यात न्यन रहेको छ । हामीले हरेक वर्ष कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत माथि पु¥यान कोशिस गरिहका छौं । हाम्रो नीति योजनाहरु मार्फत हरके वर्ष ५० प्रतिशत पुग्दासम्म १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै जानुपर्ने आवश्यकता छ । त्यो नगरी हाम्रो व्यापार घाटालाई न्यन र अर्थतन्त्रलाई सन्तुलन बनाउन सक्दैनौं । त्यसकारण अहिले अर्थतन्त्रमा व्यापार घाटालाई कसरी सन्तुलन गर्ने भन्ने चुनौती हरेको छ । अहिले राजश्व लक्ष्य अनुसार संकलन भएको छ । लक्ष्य अनुसार संकलन भए पनि अत्याधिक व्यापार बढेकाले भएको बुझ्नु जरुरी छ । आयातमा वृद्धि भएकाले राजश्व संकलन पनि स्वभाविक रुपमा वृद्धि भएको हो । अब हाम्रो परिक्षा हुने बेला आएको छ । राष्ट्रले आयातमा राखेको मार्जिनको हिसावले तथा आयातमा विभिन्न वस्तुमा प्रतिबन्धको हिसाबले आयात घट्ने देखिन्छ । तर मेहनते लक्ष्य अनुसारको राजश्व उठाउन सक्छौं ।’
अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएको बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो समयमा विभिन्न वस्तु आयातमा प्रतिबन्ध लगाए पनि लक्ष्य अनुसार नै राजश्व संकलन हुने विस्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया