भैरहवा विमानस्थलमा सेवा अवरुद्ध

भैरहवा। आइतबारराति देखिको वर्षाका कारण भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट हुने सबै उडान÷अवतरण आज अवरुद्ध भएका छन् । 

मौसमका कारण विमानस्थलमा उडान र अवतरणका लागि आवश्यक ‘भिजिविलिटी’ नभएकाले आज मध्याह्नसम्म कुनै पनि उडान हुन सकेन । बिहानका चार वटा उडान रद्द भएको विमानस्थलका वरिष्ठ अधिकृत प्रदीप अर्यालले जानकारी दिए । मौसममा सुधार नआए अन्य उडान पनि सम्भव नभएको अर्यालले जानकारी दिए । 

व्यवस्थित ढल निकास नहुँदा बुटवलका विभिन्न क्षेत्र पनि जलमग्न भएको छ । यसले गर्दा मुख्य राजमार्ग र नगरभित्रका मुख्य सडकखण्डमा आवतजावतमा समस्या उत्पन्न भएको बुटवल उपमहानगरपालिका ११ नं वडाका वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?