अछाम । नेपाली कांग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर(घर जाऊ, कांग्रेस जिताऊ’ अभियान सञ्चालन गर्ने भएको छ ।
आज सदरमुकाम मंगलसेनबाट कार्यक्रमको सुभारम्भ गरी जिल्लाव्यापी अभियान सञ्चालन गरिने जनाइएको छ ।
कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहका अनुसार अभियान सञ्चालनका लागि तालिका नै तय भएको छ ।
आज मंगलसेन नगरपालिका, ५ चैतमा तृर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका,७ मा कमलबजार नगरपालिका, ८ मा पञ्चदेबल बिनायक नगरपालिका, ९ मा रामारोशन गाउँपालिका, १० मा वान्नीगढी जयगढ गाउँपालिका, ११ मा मेल्लेख गाउँपालिका, १२ मा चौरपाटी गाउँपालिका र १३ मा साँफेबगर नगरपालिकामा कार्यक्रम गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया