१२ मङ्सिर २०७९, सोमवार

माओवादीले यस्तो अडान लिएपछि नयाँ शक्तिमा भूकम्प

२०७४,आश्विन,२७,शुक्रवार ०१:४५

0
Shares

काठमाडौं, २७ असोज- अहिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै ‘महाअभियान’ घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ ।चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागबन्डाको विवादका कारण नयाँ शक्तिले गठबन्धन छोड्ने चेतावनी दिएको छ । आफ्नो पार्टीलाई एमाले-माओवादीले ‘अपहेलित’ गर्न खोजेको निष्कर्षसहित उसले निर्वाचनमा सम्मानजनक व्यवस्थापन नगरिए गठबन्धन छोड्ने चेतावनी दिएको हो ।यस्तो जानकारी नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बिहीबार एमाले-माओवादीका अध्यक्षलाई नै दिएका छन् । भट्टराईले बिहीबार बेलुकी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर आफ्नो लागि गोरखा क्षेत्र २ दिनुपर्ने र स्थानीय तहमा नयाँ शक्तिले सम्मानजनक मत ल्याएका अन्य क्षेत्र पनि आफ्नो पार्टीलाई दिएर सम्मानजनक व्यवहार देखाउनुपर्ने माग गरेका हुन् ।भट्टराईनिकट स्रोतका अनुसार दाहाल-ओली दुवैले यस विषयमा भट्टराईलाई आवेग र उत्तेजित अवस्थामा नआइहाल्न आग्रह गरेका छन् । माओवादीले गोरखा २ नछोड्ने अडान लिँदै भट्टराईलाई गोरखाबाहेक अन्यत्र जिल्ला रोज्न भनेपछि नयाँ शक्ति गठबन्धनसँग झस्किएको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।माओवादीले गोरखा २ मा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय नै गरिसकेको छ । ‘पार्टीले गोरखाको दुईवटै क्षेत्र नछोड्ने निर्णय नै गरेको छ, अझ २ नम्बरमा त वरिष्ठ नेता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ,’ माओवादी गोरखाका इन्चार्ज चूडामणि खड्काले भने, ‘यो क्षेत्र बाबुरामलाई माओवादीले छोड्न सक्दैन ।’

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०१:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

आज लगनगाँठो कस्दै अभिनेता सलोन
 २०७९,मङ्सिर,१२,सोमवार ०८:१६
स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९
कस्तो रहला आज दिनभरको मौसम ?
 २०७९,मङ्सिर,१२,सोमवार ०७:२८
धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०