काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ६२ परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६० हजार ७ सय ७८ पुगेको छ ।
११ हजार ९ सय ५० जनाले हाल सम्म कोरोना का कारण ज्यान गुमाएका छन भने पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ५०५० जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया