काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई राप्रपालाई पूर्वराजा ज्ञानेन्द्र शाहले मिलाई दिन थालेको नभइ सिद्धान्तको आधारमा मिल्न थालेको बताएका छन् ।
रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पार्टी एकीकरण अन्तिम चरणमा पुगेको भन्दै निर्वाचनमा पार्टीले पराजय भोग्नु र मुलुकमा एकदलिय सर्वसत्ताबाद बढ्दै गएपछि पार्टी एक हुन थालेको बताए ।
उनले पूर्वराजासँग पटकपटक भेटघाट भएपनि पार्टी एकिकरणको बारेमा छलफल नभएको बताए ।
सरकार सरकार एकदलिय सर्बसत्ताबादको खतरातिर जान सक्ने खतरा औंल्याएका छन् ।सरकारको
बारेमा ठोस निश्कर्ष निकाल्नु उपयुक्त बेला त होइन उनले भने—‘तर ५ महिनाको गतिबिधि हेर्दा जनतामा केहि आशा र जनतामा बढि आशंकाको स्थीती देखापरेको छ ।’
थापाले अगाडि भने—‘ २ तिहाइको बहुमतको कारण एकतार्फ स्थिरता, आर्थिक विकास र समृद्धिको आशा छ तर अर्कोतर्फ सत्तारुढ दलका कारण कहिकतै एकदलीय सर्वसत्तााबादको आशंका पनि देखिन्छ ।’
एकदलिय सर्वसत्ताबादको खतराको आशंका छ, त्यसलाइ पराजित गर्नका निम्ति अन्यदलहरुबिच कार्यगत एकता हुनुपर्ने उनले भनाइ छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले नेपाली जनताले निरंकुशता र सर्बसत्ताबाद नस्वीकार्ने कुरा प्रमाणित भइसकेको बताए ।
अहिलेको अवस्थामा दलहरुबीच एकता र सहकार्य गरेर सरकार अगाडि बढ््नुपर्ने उनको विश्वास छ ।
आफ्नो पार्टी हिन्दु राष्ट्र र राज संस्था पुर्नस्थापनाका निम्ती निरन्तर संघर्ष गरिराखेको भन्दै साउन २ देखि हिन्दु जागरण अभियान लिएर देशभर हिड्ने उल्लेख गरे ।
असोज मसान्तभित्र पार्टीको गाँउ, वडा तथा सबै तहमा संगठन पुर्ननिर्माण तथा पुर्नगठन गरिने समेत उनले प्रष्ट पारे ।
हिन्दु राष्ट्र ९४ प्रतिशत जनताको सम्मान र पहिचानका लागि भएको थापाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया