काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् ।
शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताएका हुन् । उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए । उनले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने बताए ।
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली कांग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उनीहरुको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गरे। उनले निजामती कर्मचारीहरुले पूर्ण रुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न् आग्रह गरे । अध्यक्ष ओलीले सरकार ठिक बनाउन राजनीतक पार्टीहरु भएको बताए ।
अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेसले म प्रधानमन्त्री हुँदा एउटा कर्मचारी भेला ग¥यो । र सरकारलाई असहयोग गर भनेर नेपाली कांग्रेसका नेताहरुले सरकारलाई असहयोग गर्न आह्वान गरे कर्मचारीका बीचमा त्यो भन्दा अलोकतान्त्रिक सोच के हुन्छ । कर्मचारीलाई हसयोग गर सरकारलाई भनेपछि सरकार कसरी चल्छ रु सिस्टम बिरोधी सोच हो । लोकतन्त्र बिरोधी सोच हो । तानाशाहीको अर्को रुप हो त्यो । त्यो रकेर्ड नेपाली काँग्रेसका नेताहरुबाट आएको अहिलेसम्म पनि छ । म आश्चर्यचकित पनि भएँ, दुखित पनि भएँ । लोकतन्त्रलाई सही ढंगले कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने ठाउँमा जिम्मेवार र लोकतान्त्रिक इतिहासमा भाग लिएको जिम्मेवार पार्टीका नेताहरुको सोच, चिन्तन, व्यवहार कस्तो छ रु भने आफू होइन, अर्को पार्टी सरकारमा भएको हुनाले कर्मचारीहरुले असहयोग गर रु कर्मचारीले सरकारलाई सहयोग नगर्न मिल्छ रु कर्मचारीको हिसावले तपाईले सरकारको काम गर्नैपर्छ । सरकारलाई सहयोग गर्नुहोस् । सरकारलाई गलत गर्नबाट जोगाउनुस् । सरकारको तर्फबाट जनतालाई दिने डेलिभरी ठिक समयमा दिनुहोस् । सरकारमा अहिले को छ भन्ने कुरा होइन, तपाईहरु सरकारी कर्मचारी हो, कर्मचारीले सरकारलाई असहयोग गर्छु भन्न मिल्दैन । नेपाली काँग्रेसका नेताहरुले सुनुन्, आज म अपोजिशन लिडरको हैसियतले भन्दैछु, तपाईहरुले सरकारलाई असहयोग गर्न मिल्दैन । तपाईहरुको तर्फबाट सरकारलाई असहयोग गर्ने होइन, साथ दिने सहयोग गर्ने हो । यो गभर्मेण्टलाई ठिक छ कि छैन तपाईहरुले धेरै छुट्याउने होइन, यसलाई ठिक हामी लगाइहाल्छौँ नि । यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भएपनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ । जरा न फराको सरकार । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ। भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, कहाँ जान्छ, चुनाव त गर्नैपर्छ ।’
अध्यक्ष ओलीले अहिले सरकारमा रहेका केही मन्त्रीहरु परमादेशबाट झुक्किएर पावरमा पुगेको बताए । उनले उन्मादले उन्मत्त भएर रेस्लिङमा पस्न लागेझैँ गरेर अहिलेका मन्त्रीहरु पावरको आडमा अहंकारी बनिरहेको बताए। अध्यक्ष ओलीले उन्मत्त चिम्पान्जीहरु कुस्ती खेल्न छाती पिटेझैँ अहिलेका मन्त्रीहरु कुस्ती खेल्न जोडी खोजेझैँ गरिरहेको बताए । उनले केही मन्त्रीहरुको काम लोकतन्त्रको हित हुने किसिमको नरहेको भन्दै आगामी निर्वाचनबाट सबै ऐंजेरु उखेलिने बताए । अध्यक्ष ओलीले अहिले चुनाव जान डराएकाहरु अद्यावधिक चुनावमा जाऔँ र नयाँ जनादेशबाट सरकार बनाउँ भन्दा प्रतिगमन भनेर रोइरहेको बताए ।
अध्यक्ष ओलीले एमालेले आगामी निर्वाचनमा स्वीप आउट गर्ने दाबी गरे। अध्यक्ष ओलीले एमालेले पाँच वर्ष सरकार सञ्चालन गरेको भए एक्लै ८० प्रतिशत भन्दा बढी भोट ल्याउने दाबी गर्दै चुनावबाट डराउने र एमालेबाट डराउनेहरुले कानून भन्दै रोएर आफ्नो सरकार ढालेको बताए । उनले एमालेलाई अदालतबाट हटाउनेहरुले एमाले सकियो भन्दै गरेको उल्लेख गर्दै एमाले एउटा भेल भएको र भेलमा पस्नेलाई बडारेर लैजाने बताए । उनले एमालेरुपी भेल पुनः सरकारमा आगामी निर्वाचनबाट आउने दाबी गरे ।
अध्यक्ष ओलीले भने, ‘कुनै पनि ठाउँमा हिजोको जस्तै परिणाममा एमालेको सन्दर्भमा हिजोको जस्तो परिणाको कसैले कल्पना नगरे हुन्छ । एमालेले स्वीप आउट गर्दैछ । एमालेलाई ५ वर्ष सत्ता स्ञ्चालन गर्न दिएको भए ८० प्रतिशत भन्दा बढी भोट एक्लै एमालेले ल्याएर बढारिदिन्थ्यो । त्यसैले कसैले ५ वर्ष कुर्न सकेनन् । यिनीहरुले सोचेका होलान् बीचमै परामादेशबाट एमालेलाई हटाइयो अब रोकिन्छ होला भनेर तर एमाले एउटा भेल हो । रोक्ने कोशिस ग¥यो कि बगाउँछ । त्यसकारण यो भेल निर्वाचनको माध्यमबाट अघि आउँदैछ ।’
अध्यक्ष ओलीले (नेकपा माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै आफ्नो सरकार एउटा टेकोले नबन्ने भएपछि अर्को टेको लगाएर बनाएको र उक्त टेको भाँचिएको बताए । उनले स्वार्थी र कमजोर टेको परेकोले पूरा सरकार चलाउन नसकेको बताए । अध्यक्ष ओलीले संसदले भत्ता खाने बाहेकको काम गर्न नसकेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया