एनआईसी एसियाका ग्राहकहरूलाई सोल्टी होटलमा १० प्रतिशत छुट हुने

लोकपथ
260
Shares

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकलाई पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित Soaltee Westend Premier मा डेबिट कार्ड वा QR बाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।

बैंकका ग्राहकहरुलाई छुट हुने गरि बैंक र सोल्टी इन्टरप्राइजेज बीच समझदारी भएको छ । यस सम्बन्धी समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेश बहादुर बिष्टले हस्ताक्षर गरेका हुन् ।

बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई { POSतथा QR भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको हो । बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?