जुम्लामा अनशनरत डा केसीको स्वास्थ्य अवस्था खतरायुक्त

सुर्खेत । हाडजोर्नी चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरायुक्त रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले जानकारी दिएका छन् । 

शनिबारदेखि जुम्लामा अनशनरत डा केसीले २४ घण्टामा २०० मिलिलिटर मात्र पिसाब गरेको  र उनको स्वास्थ्य दैनिकरुपमा निकै खस्किँदै गएकाले अवस्था खतरायुक्त रहेको मेडिकल डाइरेक्टर रोकायाले बताए । 

बत्ती नभएको, भंगेराको दिसा झर्ने ठाउँमा मैनबत्ती बालेर अनशन बसेका डा केसीको सुरक्षा र स्वास्थ्य उपचारार्थ पहल गर्न मेडिकल टिमले प्रशासनलाई ध्यानाकर्षण गराइसकेको उनले बताए । स्वास्थ्य अवस्था खतरायुक्त भएकाले त्यसको जिम्मेवारी अब आफूहरुले नलिने उनले जनाए । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले डा केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील भएर लागेको बताए । “डा केसीको माग आफ्नो ठाउँमा छन् र हामीले सम्मान गरेका छौँ, तर उनको मागलाई आन्दोलनको रुप दिएर हुलदंगा मच्चाउने, अपराधीकरणतिर लिन दुश्प्रयास गर्ने र शान्ति सुरक्षामा खलल पु¥याउनेलाई कडाइ गरेका छौँ,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने  । 

डा केसीको स्वास्थ्य अवस्था भने हिजोभन्दा आज बिगँ्रदै गएको उनले जनाए । यो समस्याको सहजीकरण कसरी गर्ने भन्ने विषयमा लागि परेको उनको भनाइ छ । अनशनरत डा केसीका समर्थकले भने उनको मानवअधिकारको सुरक्षा र राखेका मागको अविलम्ब सम्बोधन गर्न सरकारलाई दबाब दिँदै आइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?