११ फाल्गुन २०८०, शुक्रवार

गौचन हत्या काण्ड : आरोपीको स्केच तयार

२०७४,आश्विन,२७,शुक्रवार ०१:३२

0
Shares

काठमाडौँ, २७ असोज- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याराको खोजीमा जुटेको प्रहरीले केही प्रारम्भिक तथ्य फेला पारेको छ । अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संग्लन रहेका तीन जनाको स्केच तयार पारेको छ । प्रहरीका अनुसार उक्त स्केचका आधारमा सम्भावित अभियुक्तहरूको पक्राउ गर्न सजिलो हुनेछ ।उच्च प्रहरी स्रोतका अनुसार गौचनको हत्यामा चार जनाको समुह खटिएको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरी अधिकारीका अनुसार योजनाबद्ध र लामो तयारीका साथ गौचनको हत्या गरेको देखिन्छ । प्रहरी स्रोतका अनुसार हत्या अघि उक्त समूहमा रहेका चार जनाले भिमसेनगोला र प्रयाग मार्गमा बसेर योजनाको अन्तिम तयारी गरेको देखिन्छ । प्रहरीले उक्त घटनामा नाइन एमएमको पेस्तोल प्रयोग भएको समेत बताएको छ, कान्तिपुरमा खबर छ ।  

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०१:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायको

ताजा समाचार

‘देश लुट्नेलाई छाडिदैन’
 २०८०,फाल्गुन,११,शुक्रवार १३:४३
तस्बिरमा हेर्नुहोस् खुलेको जनकपुर (फोटोफिचर)
 २०८०,फाल्गुन,११,शुक्रवार १३:२१