‘एमसीसीका सर्तहरु अन्य वैदेशिक सहायताको सर्तभन्दा पारदर्शी र खुकुलो छ’

लोकपथ
117
Shares
??????????? ?????? ????????????? ??? ??????? ?????? ????????? ????? ??????? ???????? ???? ?????? ??? ????? ?????????????àA 5€ ??????????? ?????? ?????? ? ????????????? ?????? ??????? ????? ???????? ????? ?? ??? ????? ?????? ?????? ? ?

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका सर्तहरु अन्य वैदेशिक सहायताको सर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा परशुराम सकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा बोल्दै मन्त्री कार्कीले एमसीसीका सर्तहरु अन्य वैदेशिक सहायताको सर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गरेका हुन् ।

उनले एमसीसीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासको लक्ष्य राखेको पनि बताए । मन्त्री कार्कीले एमसीसी सम्झौता समयमै सम्पन्न गरेर सरकार देश विकास र गरिबी निवारणप्रति गम्भीर छ भन्ने कुराको प्रमाण दिनुपर्ने बताए ।

उनले गरिबी, पछौटेपन, विभेदजस्ता कुरालाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको बारेमा सोच्नुपर्ने बेला आएको बताए ।

मन्त्री कार्कीले भने, ‘एमसीसी राष्ट्रिय हितमा छ । एमसीसी यो मुलुकको गरिबी निवारण र दिगो आर्थिक विकास यसको लक्ष्य छ । यसका सबै सर्तहरु अरु वैदेशिक सहायताका भन्दा पारदर्शी र खुकुला छन् । तथापि पनि यसलाई हामीले यति नेगेटिभिटिजम बढाएर यति नेगेटिभमा गयौँ कि यो त राष्ट्रघातको काम हुनेछ भनेर समाजमा एउटा तस्बिर खडा गर्‍यौँ । तर आज करिब–करिब नेपाली जनताले निर्वाचित गरेको सार्वभौम संसदले करिब–करिब एकमतले पारित गरेको छ । र अब यसलाई समयमै हामीले सम्पन्न गरेर ३१५ किलोमिटर ट्रान्समिसन लाइन, ७७ किलोमिटर सडक थप राष्ट्रियस्तरको सडक निर्माण गरेर हामी विकासप्रति जिम्मेवार छौँ र यो विकासले, यो अनुदानले मुलुकको गरिबी निवारण र दिगो आर्थिक विकासमा ठूलो महत्व राख्छ भन्ने कुराको जवाफ यो सम्पन्न गरेर दिनुपर्नेछ । अब हामीले गरिबी, पछौटेपन, विभेद छ भन्ने कुरा मात्रै होइन त्यो विभेदलाई कसरी हटाउने भन्ने दिशामा अब हामीले विलम्व नगरीकन अघि बढ्नुपर्छ ।’

मन्त्री कार्कीले दिगो विकास, सुशासन, सभ्य र समृद्ध नेपाल बनाउने सपनालाई पूरा गरेर अबको पुस्तालाई धनी पुस्ताको रुपमा संसारमा चिनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?