काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमी आएको छ ।
पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २ सय १२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ९ सय ८१ जनाको परीक्षण गर्दा ६२ जनाको पीसीआर र १५ जनाको एन्टीजेन पुष्टि भएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप १८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६० हजार ६ सय ८६ पुगेको छ ।
त्यस्तै हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोनाको कारण १ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया