बुथदेखि नै प्रशिक्षण तयारीमा कांग्रेस, ७५३ स्थानीय तहका प्रत्येक वडाका बुथमा पुग्ने

काठमाडौ –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सात प्रदेशका ७५३ वटै स्थानीय तहका प्रत्येक वडाका बुथ तहदेखि नै प्रशिक्षण गर्ने भएको छ । गत निर्वाचनमा भोगेको पराजयको कमीकमजोरीलाई सुधार्न बुथ तहसम्म पुग्न लागेको कांग्रेस उपसभापति विमलेन्द्र निधिले बताए । निर्वाचनमा भएको कमीकमजोरीका विषयमा केन्द्रमा भन्दा स्थानीय स्तरमा मतदानस्थल र बुथमा खट्ने नेता कार्यकर्ताहरूसँग बढी अनुभव भएकाले बुथ तहसम्म नै जाने तयारी गरिएको उनले बताए ।‘कांग्रेस पराजयको कारण र सुधार गर्नुपर्ने विषयमा बुथ तहसम्म संश्लेषण र प्रशिक्षण हुनेछ,’ पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका निधिले ग भने । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?