उपहारका गैंडा लिन विशेष विमान आउने

काठमाडौँ– नेपालले  उपहारस्वरूप दिने एकसिंगे गैंडा लिन चिनियाँ विशेष जहाज असार २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दै छ । विमानमा भेटेरिनरी चिकित्सकरकेयर टेकरसहितको टोली पनि आउनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाका अनुसार नेपालले दिएको जोडी उपहार गैंडा बोकेर सोही दिन चार्टर जहाज चीन उड्नेछ । सँगै नेपाली भेटेरिनरी चिकित्सकसहितका विशेषज्ञ पनि जानेछन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?