मोरङ। मोरङको केराबारी गाँउपालिका(७ मुगुटोलबाट ठूलो परिणामको लागुऔषध गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो (बिहीबार) दिउँसो पौने ४ बजेको समयमा केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि बाँधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो ।
गाँजा बरामद भएसँगै उक्त मोटरसाइकल चालक सहिदभूमि गाँउपालिका-१ का ३१ वर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी बेलवारीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया