भक्तपुरमा महिलाको हत्यामा संलग्न २ जना पक्राउ

लोकपथ
455
Shares

भक्तपुर । भक्तपुरमा महिलाको हत्यामा संलग्न २ जना पक्राउ परेका छन् । भक्तपुर नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ नवलडाँडा बस्ने २८ वर्षीया जेनिशा नगरकोटीको धारिलो हतियार चक्कुले घाँटी रेटी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र भक्तपुर नगरपालिका-८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन् ।

चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा गत सोमबार जेनिशा नगरकोटीको शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?