काठमाडौं । अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शुक्रबार अन्तिम दिन श्रीलंका राष्ट्रिय टिमका पूर्वखेलाडी सम्मिलित श्रीलंका कम्बाईन ११ विरुद्ध खेल्दै छ ।
श्रीलंकन टोलीले नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । यससँगै नेपाल बलिङमा रहनेछ ।
यसअघि नेपालले तीन अभ्यास खेलमा जित हात पारेको थियो । अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै १४ मार्चमा युएई प्रस्थान गर्नेछन् ।
नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो शृंखलामा यूएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।
नेपाल टिम :
कप्तान सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, सोमपाल कामी, विक्रम सोब, रोहित कुमार पौडेल, आरिफ शेख
श्रीलंका कम्बाईन ११ :
कप्तान थिसारा परेरा, थरंगा, सदुन विरकोडी, सेकुगे प्रसन्ना, दिलुरुवान परेरा, चमारा सिल्भा, धम्मिका प्रसाद, रमेश निमान्था, अनुक फर्नान्डो र दिलांका अवाभ्दत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया