सिन्धुपाल्चोक कांग्रेस जिल्ला अधिवेशन : तीन जनाबीच प्रतिष्पर्धा हुँदै

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बाँकी रहेको सिन्धुपाल्चोक जिल्लाको अधिवेशन आजबाट सुरु हुँदैछ ।

सिन्धुपाल्चोकमा तीन जनको प्रतिष्पर्धा हुने भएको छ ।

संस्थापन पक्षबाट डा. प्रेमध्वज लामा, डा. शेखर कोइरालाको पक्षबाट वंशलाल तामाङ र मोहन बस्नेतको पक्षबाट जंगबहादुर तामाङले प्रतिष्पर्धा गर्दैछन् ।

यसअघि बस्नेतसहित संस्थापन पक्षबाट डा. लामा साझा उम्मेदवारका रुपमा रहेका थिए । अन्तमा बस्नेत स्वंय नयाँ उम्मेदवारसहित अघि आएका हुन् ।

संस्थापन पक्षबाट अघि आएका उम्मेदवार लामालाई सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरुको समर्थन रहेको छ । भने डा. कोइराला पक्षका उम्मेदवार वंशलाल तामाङलाई संस्थापन इतरका नेताहरुको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?