आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ८० पैसा बिक्रीदर १२२ रुपैयाँ ४० पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ छ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३३ पैसा र बिक्रीदर १६१ रुपैयाँ १२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३१ रुपैयाँ २९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर ९५ रुपैयाँ ४५ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ५१ पैसा र बिक्रीदर १० रुपैयाँ ५६ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ आठ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ ३३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?