सरकारका सबै मन्त्रीहरुले अङ्गदान गर्ने निर्णय, ५० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

लोकपथ
308
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरुले पनि सोही निर्णय कार्यान्वयन गर्ने भएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रीहरुले अङ्गदान गर्ने बताएका हुन् । स्वास्थ्य सेवा दिवश २०७८ को अवसर पारेर मन्त्री खतिवडाले मृत्युपश्चात् आफ्नो शरीरको अङ्गदान घोषणा गरेका थिए । मन्त्रीलाई साथ दिँदै मुख्य सचिव शंकरदाश बैरागीले पनि अङ्गदान गर्ने घोषणा गरेका थिए ।

यस्तै मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाई समेत बैठकले स्वीकृत गरेको मन्त्री खतिवडाले जानकारी दिए ।

सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदलमार्फत काम अघि बढाइसकेको छ ।
यसैबीच सरकारले ५० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ ।

बैठकले ५० वर्षभन्दा माथि उमेरसमूहका नागरिकहरुको मिर्गौला, कलेजो, मुटलगायत अन्य रोगम्बन्धी परीक्षणहरु सरकारले नियमितरुपमा वर्षको एक पटक निःशुल्क गर्ने निर्णय गरेको हो । यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?