अर्गानिक हिमालय प्रालिले विजुली चोरेको पाइयो, रेक्युरिटी गार्ड पक्राउ

काभ्रे–यहाँस्थित अर्गानिक हिमालय प्रालिले विद्युत चोरेर प्रयोग गर्ने गरेको खुलेको छ ।  कम्पनीमा   मानवअधिकारकर्मी तथा संचारउद्यमी कनकमणि दीक्षित समेतको लगानी रहेको बताइएको छ ।
कम्पनीले लामो समययता विद्युत चोरी गरिरहेको भन्ने स्थानीयको उजुरीका आधारमा प्रहरीले छापा मार्दा कम्पनीले चोरीको बिजुली प्रयोग गर्ने गरेको पाइएको थियो ।

गल्ती पाइएसँगै नमोबुद्ध नगरपालिकामा सञ्चालित यो कम्पनीका रेक्युरिटी गार्डलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
झण्डै १०० वटाभन्दा बढी हाई भोल्टको वत्ति चोरीबाट बालिएको बताइएकोछ । यसबारे थप अनुसन्त्रधान भइरहेको प्रहरीले जनाएको छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?