अब मापसे गरी गाडी चलाउने चालकमाथि यस्तो कारबाही

काठमाडौं– ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने चालकमाथि थप कडा कारबाही गर्न थालेको छ ।
ट्राफिक प्रहरीका अनुसार मापसे गरी सवारी चलाएको फेला परेमा ब्लूबुकमा २४ घण्टे पूर्जी जारी नगरिने भएको छ । यसैगरी मापसे गरी सवारी चलाएको अवस्थामा अनिवार्य रुपमा सम्बन्धित चालकको सवारी चालक अनुमति पत्र लिएर मात्र २४ घण्टे  पुर्जी जारी गर्ने छ ।
यसैगरी चालक अनुमति पत्र नभएको खण्डमा चालक र सवारीलाई  अनिवार्य रुपमा नियन्त्रणमा लिने र त्यसको भोलिपल्ट आवश्यक कारबाहीको लागि ट्राफिक प्रहरी महाशाखामा पत्रसहित पठाउने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?