१. एमसीसी अनुदानको रकमले देशमा विकास र रोजगार बढाउने प्रधानमन्त्री शेरबाहादुर देउवाको भनाइ, एमसीसीबाट आउने रकम ऋण नभई अनुदान भएको प्रस्ट ।
२. मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्रै मतपत्रमा चुनाव चिह्न हरियो रङ्गको बनाउन खोजेको निर्वाचन आयोगको प्रस्टीकरण, चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खोजिएको प्रतिक्रिया ।
३. प्रतिगामी शक्तिले टाउको उठाउन खोजिरहेको माधवकुमार नेपालको भनाइ, आ–आफ्नो गल्ती र कमीकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन ।
४. संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्नेमा शिक्षामन्त्री देवेन्द्र पौडेलको जोड, विकशित भइरहेका सूचना प्रविधिका उपलब्धिलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने भनाइ
५. सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन ओलीलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको सुझाव, मतपत्रमा कस्तो रङ्ग राख्ने भन्ने कुरा स्वतन्त्र रहेको उल्लेख ।
६. संखुवासभाबाट दमकतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, दुर्घटनामा परी १४ जनाको मृत्यु, २० जना घाइते ।
७. राष्ट्रियसभामा नेकपा एमाले संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त, प्रमुख सचेतकमा देवेन्द्र दाहाल चयन ।
८. मृत्युपछि अङ्गदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको आग्रह, मृत्युपश्चात्को अङ्गदान गरे पीडितहरुले सुविधा पाउने प्रतिक्रिया ।
९. चैत १३ गतेदेखि नेपाल एयरलाइन्सले काठमाडौं–मुम्बई उडान पुनः सुरु गर्ने, कोरोनाका कारण पछिल्लो दुई वर्षदेखि बन्द रहेको रुटमा सातामा तीनवटा उडान हुने ।
१०. सरकारले हटायो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रमडेस्क, अब श्रमिकले तीनवटै गेटबाट प्रवेश गर्न पाउने ।
११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ३ सय २८ परीक्षणमा थप १ सय १२ जनामा कोरोना संक्रमण फुष्टि, ४ सय २९ जना संक्रमणमुत्त, मृतकसंख्या शून्य ।
१२. रुसले युक्रेनमा जैविक हतियारको योजना गर्नसक्ने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको आशंका, युक्रेनमा रासायनिक हतियार विकासको बारेमा रुसको दाबी निराधार भएको फ्रतिक्रिया ।
१३. रुसले गर्यो युत्रेनको एक अस्पतालमा बम हमला, हमलाका कारण अस्पतालको प्रसूति र बाल वार्ड ध्वस्त, घटनाको सर्वत्र निन्दा ।
१४. र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार, मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गरिरहेको खेलकुद मन्त्री महेश्वरजंग गहतराजको भनाइ ।
१५. र, साफ यू–१८ महिला च्याम्पियनसिपका लागि २३ खेलाडी सम्मिलित नेपाली टोलीको घोषणा, च्याम्पियनसिप भारतमा मार्च १५ देखि सुरु हुँदै ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया