सेञ्चुरी बैंकको नयाँ शाखा भिमसेनगोलामा

लोकपथ
117
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबार काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९ औं शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेकी हुन ।

उक्त कार्यत्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । भिमसेनगोला शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २६ पुगेको छ ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दे आएको छ । बैं

कको कुल शाखा संख्या १२९ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २६ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?