राष्ट्रिय सभामा एमालेको दलको नेतामा भट्टराई र प्रमुख सचेतकमा दाहाल नियुक्त

लोकपथ
462
Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराईलाई नियुक्त गरेको छ ।

यसअघि प्रमुख सचेतक रहेका भट्टराईलाई संसदीय दलको नेतामा नियुक्त गरिएको एमालेले जनाएको छ।

त्यस्तै राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा देवन्द्र दाहाललाई नियुक्त गरिएको छ ।

राष्ट्रिय सभामा एमालेको तर्फबाट प्रमुख सचेतक सुमन प्याकुरेल रहेका थिए । उनको कार्यकाल सकिएर बिदा भएपछि दाहाललाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?