काठमाडौं । नेकपा एमालेबाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्द बिहीबार शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा कांग्रेसमा प्रवेश गरेकी हुन् ।

चन्दलाई कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरे । यस्तै, एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयाल पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् ।तीनदिन अघि मात्रै एमालेले चन्दलाई पार्टीबाट कारवाही गरेर निष्कासन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया