सिद्धार्थ बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सहयोग

लोकपथ
403
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सहयोग गरेको छ ।

बैंकले बिहीबारका दिन बाँसबारी, काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्वअन्तर्गत १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्तउक्त रकम सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरु थप गर्नको लागि उपयोग गर्नेछ ।

उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीहरुलाई केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वधार र सुरक्षाजस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य लिएको बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?