कोरोना अपडेट : संक्रमितभन्दा निको हुनेको संख्या धेरै, कति छन् सक्रिय संक्रमित ?

लोकपथ
119
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार सो अवधिमा गरिएको ९ हजार ३२८ जनाको नमूना परीक्षण गर्दा ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या तेब्बर रहेको छ । सो अवधिमा ४२९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६० हजार ४९७ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय २९ पुगेको छ ।

त्यसैगरी, हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४९ पुगेको छ ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?