नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !

नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ ।सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ ।कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा तिरंग मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमरा, लेखिएका थुप्रै संकेत भेटिन्छन् ।ती संकेत टापैको भित्रपट्टी राखिएका छन् ।अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ ।आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्तो टोपी सुरक्षाकर्मीले बर्षौदेखि प्रयोग गर्दै आएका छन् ।उनीहरुले यसबारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गरिाउने काम भएको छ ।संगठनको तल्लो तहका जवान मात्रै हैन प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् ।एकजना प्रहरी अधिकृतले लगाएको टोपीमा भारतीय झण्डा र सारे जहाँ से अच्छा हिन्दुस्तान हमरा लेखिएको पाईएको छ । , यो खबर आजकोनागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?