साताको अन्तिम दिन नेप्से परिसूचक ५२ अङ्कले वृद्धि

लोकपथ
117
Shares

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ । नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

सेयर बजारमा वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

बिहीबार नेप्से परिसूचक २५६६ दशमलव ७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार सेयर कारोबार रकममा समेत उलेख्य सुधार भएको छ ।

लाइफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाइफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो ।

बिहीबार कारोबार रकममा सुधार आएको छ । कारोबार रकममा बुधबारभन्दा ४३ करोड ९५ लाखले वृद्धि भएको छ ।

सेयर बजारमा बिहीबार २ सय २९ कम्पनीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?