संखुवासभा बस दुर्घटना : एमालेद्वारा दुःख व्यक्त, घाइतेहरुको उपचार गराउन माग

लोकपथ
77
Shares

काठमाडौं । संखुवासभामा बिहीबार भएको बस दुर्घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बिहीबार जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

एमालेले यातायातको संचालन, सडकको दुरावस्थाको अनुगमन र निरीक्षण गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।

संखुवासभाको मादी नगरपालिकाबाट इटहरी जानेक्रममा बा४ख ७३५ नम्बरको रेशम फिलिलि बस मादी नपा–६ को सात घुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै ५ जना घाइते भएका छन् ।

एमालेले तत्काल घाइतेको उद्धार र उपचार गर्न–गराउन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?