समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना ! (विवरणसहित)

असारको महिना कामै सकिने हतारो ।

हिलाम्मे बाटोमा अलकत्रा ।

एक हप्ता अगाडि समाचार आयो, गाईवस्तुको जीउमा समेत अलकत्रा ।

बनिनसक्दै पुल भाँचियो ।

आधा बनेको पुल भत्काउनुपर्ने भो ।

पप्पु कन्स्ट्रक्सनले बैमानी गर्यो ।

जनताको काम बनेन ।

निर्माण अलपत्र ।

जरिवाना तिराएरै असारे चटारोमा पूर्वाधार निर्माण भयो ।

अहिले एउटा जल्दोबल्दो र सारा नेपालीलाई चुनावका नारा सम्झाउनेगरी अर्को समाचार आएको छ । हर्जाना तिर्दै ठेकेदार ठेक्का पट्टा मिलाइरहेका छन् ।

कुल ठेक्काको १० प्रतिशतसम्म हर्जाना लगाएर काम गराउन पाइने सडक विभागको भनाई छ ।

कुन-कुन सडकखण्डमा भईरहेछ यस्तो ? कति तिर्दैछन् जरिवाना ? नेपाली उखानै छ जब पर्यो राति तब बुढी ताती ।

नेपालीको कार्यशैली पनि उखानसँग मिल्दोजुल्दो छ ।

जुनसुकै विकास निर्माणका काममा पनि आलटाल ढिलासुस्ती र कमिसनको लागि असारको महिना भ्याईनभ्याई काम हुन्छ । आखिरी समयमा ।

वर्षभरीका १० महिनामा जम्मा ४० प्रतिशत खर्च हुन्छ । अनि व्यापक खर्च गरिन्छ, जेठ र असारको दुई महिना ।

जबकी यी दुई महिना वर्षात्को महिना हो,नेपालमा ।

तर अब समयमा नै ठेक्का नसकेका कारण विभिन्न ठाउँमा हर्जाना तिराउन लागेको छ, सडक विभाग ।

यतिबेला सडक विभागले दर्जन सडक तथा पुलमा हर्जाना लगाएर काम गराइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?