कपिलवस्तु । कपिलवस्तु नगरापालिका–११ जहदी स्थित तौलिहवा सडक खण्डमा एक थान रिभल्बरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गर्नेमा कपिलवस्तु नगरपालिका–११ जहदी बस्ने ३२ वर्षीय मन्नु भन्ने मतेश्वर अहिर र सोही स्थान बस्ने १९ वर्षीय नन्द किशोर यादब रहेका छन् ।
प्रहरीले तौलिहवाबाट जहदीतर्फ जाँदै गरेको लु २३ प८८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मतेश्वरको साथबाट उक्त हतियार फेला हो ।
मोटरसाइकल चालक यादव र अहिरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया