मृत्युपश्चातको अङ्गदान गर्न स्वास्थ्यमन्त्रीको आग्रह

लोकपथ
70
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अङ्गदान गर्न आग्रह गरेका छन् ।

बिहीबार विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरीलगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात् अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् ।

मृत्युपश्चातको अङ्ग दान गरेमा मिर्गौलापीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए । मन्त्री खतिवडाले पहिले मिर्गौला दान गर्न पाउने समूह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए । नाता पर्नेजति सबैले मिर्गौला दान गर्नसक्ने उनले स्पष्ट पारे।

मन्त्री खतिवडाले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मिर्गौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिनु नहुने बताए ।

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफूलाई कमजोर बनाउनु नहुने उनको भनाइ छ । १० मार्चको दिन मनाइने विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?