एसएमएसबाटै थाहा हुन्छ नारायणगढ–मुग्लिन सडकखण्डको ताजा अपडेट

चितवन । महानगरीय ट्राफिक महाशाखाले नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अवरुद्ध भए नभएको सूचना एसएमएसबाटै दिने भएको छ ।  

महाशाखाका अनुसार nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नेछन् ।

पटक–पटक पहिरो गएर सडक अवरुद्ध भई सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेटका लागि एसएमएस सेवा सुरु गरेको महाशाखाले भनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?