अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

लोकपथ
104
Shares

काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डल रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । सामाजिक सञ्जाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी उनले ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।

लक्की ड्रमार्फत २५ लाखको चिट्ठा परेको भन्दै उनले विभिन्न व्यक्तिसँग बैंक खाता र ओटीपी कोड लिई रकम आफ्नो बैंक खातामा सारेको प्रहरीले जनाएको छ । उनले दुई लाख एक हजार रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय रंगेली मोरङसँग आवश्यक समन्यव गरी उनलाई पक्राउ गरेको हो ।

उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?