काठमाडौं । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही गर्न माग गर्दै अनसनमा बेसेकी गंगामाया अधिकारीलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र वरिष्ठ पत्रकार कनकमणि दीक्षितले भेटेका छन् ।
आइतबार अपरान्ह मानवअधिकारवादीको टोलिसहित वीर अस्पताल पुगेका केसीले आईसीयू कक्षमा गंगामालाई भेटेका हुन् ।

गंगामायालाई भेट् चरण प्रसाईं, डा. केदार नरसिंह केसी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायत पुगेका थिए ।

उनको छोरा कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो ।

सर्वोच्च अदालतले २०७२ पुस ६ गते छविराज पौडेललाई पुर्पपक्षको लागि थुनामा राख्नु भन्ने आदेश कार्यान्वयन होस् भन्ने गंगामायाको मुख्य माग हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया