काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संखुवासभामा भएको बस दुर्घटनाका घाइतेहरुलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँणले बिहीबार बिहान संखुवासभाको मादी नगरपालिका-६ पुलुङस्थित सात घुम्तिमा भएको दुर्घटनाका घाइतेहरुको उद्धारका लागि हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्रीले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई घाइतेहरुको यथासिघ्र उद्धार गर्न निर्देशन दिइएको गृहमन्त्रालयले स्रोतले जनाएको छ ।
आज बिहान संखुवासभाबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटना भएको थियो । दुर्घटनामा परि हालसम्म १४ जनाको मृत्यु भएको छ भने ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया