यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकपथ
169
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २० पैसा र बिक्री दर १२२ रुपैयाँ ८० पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ २२ पैसा र बिक्री दर १३४ रुपैयाँ ८८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ९३ पैसा र बिक्री दर १६१ रुपैयाँ ७२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६७ पैसा र बिक्री दर १३२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ५८ पैसा र बिक्री दर ९० रुपैयाँ दुई पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ७८ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्री दर १० रुपैयाँ ६० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैँया ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३६ पैसा र बिक्री दर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ३३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९२ पैसा र बिक्री दर नौ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?