कानुनमन्त्री तामाङको अभिव्यक्ति संसदीय मर्यादा विपरीत : सचेतक भुषाल

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । 

आइतबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलको सचेतक पुष्पा भुसालले संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको आरोप लगाइन् । 

शनिबार कानुनमन्त्री तामाङले एक कार्यक्रममा कांग्रेसले अशं खाजेको भन्दै सरकारमा आउन आह्वान गरेका थिए । 

कांग्रेस प्रमुख प्रतिपक्षको भूमिका निभाउन चाहेको बताउँदै सचेतक भुषालले भनिन्, ‘बाहिर सडकमा गएर रेलिङ भाँच्न चाहन्नौँ किनकी हाम्रो लोकतन्त्रले त्यो सिकाएन ।’ 
उनले भनिन् संसदमा बसेर जनताको आवाज उठाउने छौँ ।

संविधान कार्यान्वयन गर्न ३५ वटा कानून पास गर्नु पर्ने भन्दै उनले त्यसबेला त प्रमुख प्रतिपक्षको सहयोग चाहिँदैन भनेर कानुनमन्त्रीलाई प्रश्न गरेकी छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?