भैरहवाबाट वीरगञ्जतर्फ जाँदै गरेको बस चितवनमा दुर्घटना, १५ घाइते

चितवन । भैरहवाबाट वीरगञ्जको लागि छुटेको ना ७ ख ५११८ नम्बरको बस पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार बिहान ६ः४५ बजे गुडिरहेको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा हो ।

दुर्घटनामा परि घाइते १५ मध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?