वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
सो क्रममा महावाणिज्यदूत नितेश कुमारले यस्ता कार्यक्रम आयोजनाको महत्व र आवश्यकतामा जोड दिएका थिए । कार्यक्रममा राजनीति, व्यवसाय, शिक्षण, सामाजिक कार्य र नागरिक समाज जस्ता समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्दै मधेस प्रदेशका करिब २५ प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको थियो ।
यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘दिगो भविष्यको लागि आज लैङ्गिक समानता’ मा महिलाहरू द्वारा आफ्ना विचारहरू प्रस्तुत गरिएको महाबाणिज्य दूतावासले जनाएको छ ।
महिलाहरूले आफ्नो संघर्ष, उपलब्धि र पूर्वाग्रह तोड्ने तरिका र उपायहरूबारे कुरा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया