१. ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नारासहित नेपाली कांग्रेसले थाल्यो गाउँ–गाउँमा संगठन विस्तार अभियान, कुनै पनि कार्यकर्ता जिम्मेवारीविहीन नहुने प्रवक्ता महतको दाबी
२. आगामी चुनाव केपी ओली र गठबन्धनबीच हुने नेकपा एसको ठहर, गठबन्धन भत्काएर पुनः शक्तिमा फर्किन षड्यन्त्र गरिरहेकोले ओलीविरुद्ध एकजुट हुन सबैलाई आग्रह ।
३. एमसीसी पारित गर्न आफ्नो पार्टीको अडान नै राष्ट्रिय अडान बनेको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको दाबी, एमसीसीका विषयमा जथाभावी नबोल्न पार्टीका नेताहरूलाई निर्देशन ।
४. बुढो रुख बचाउनकै लागि निर्वाचन आयोगले चुनाव चिह्न हरियो बनाएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, चुनाव चिह्न हरियो बनाउन नहुनेमा जोड ।
५. अहिलेकै शर्तमा एमसीसी कार्यान्वयन भए कम्युनिस्ट र चीनविरुद्ध हुने नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको भनाइ, व्याख्यात्मक घोषणालाई सम्झौताको अङ्ग बनाउनुपर्नेमा जोड ।
६. फ्रान्सेली प्रतिनिधिसभाका सदस्यहरुले गरे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट, भेटमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल ।
७. फेरि बढ्यो कोरोना संक्रमणको जोखिम, पछिल्लो २४ घण्टामा १० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा थप २२४ जनामा कोरोना संक्रमण फुष्टि, २९१ जना संक्रमणमुत्त, मृतक संख्या शून्य ।
८. हिजो प्रतिगमन भयो भन्ने प्रचण्ड र माधव नेपालले नै आज संसद् विघटन गरी चुनावमा जाने कुरा गर्न थालेका नेकपा एमाले महासचिव शंकर पोखरेलको आरोप, एमालेले चालेको त्यो कदमको औचित्य पुष्टि हुँदै गएको दाबी ।
९. नेकपा माओवादी केन्द्र आबद्ध उद्योग व्यवसायी नेताहरूद्वारा अर्थमन्त्री जनार्दन शर्माको आलोचना, आफ्नै पार्टीका मन्त्रीहरू दलाल पुँजीपतिका सेवक भएकाले मुलुकको अर्थतन्त्र संकटमा परेको दाबी ।
१०. माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माणको ५८ प्रतिशत काम सकियो, २०८० को असोजभित्र निर्माणसम्पन्न गर्नेगरी काम भइरहेको निर्माण कम्पनीको भनाइ ।
११. सरकारद्वारा डेंगुको निःशुल्क परीक्षण सुरु, रोगको लक्षण देखिएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गई निःशुल्क परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह ।
१२. बुधबार नेप्से परिसूचकमा ३० दशमलव २९ अङ्कको गिरावट, कारोबार रकम दुई अर्ब ३५ करोडमा खुम्चियो ।
१३. पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस, १ सय सांसदहरुले गरे हस्ताक्षर, अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको आरोप ।
१४. नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी पुरुषतर्फ फेब्रुअरी महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा, प्लयेर अफ द मन्थ विजेता भोटिङको आधारमा छनोट हुने ।
१५. र, यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेशका लागि आज रियल मड्रिड र पीएसजी भिड्दै, अन्तिम ८ मा पर्नको लागि पीएसजीलाई बराबरी खेले पुग्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया