काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि असार ३ गते सिंगापुर गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कने भएका छन् ।
सीताको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड आज पत्नी सीता लिएर फर्कन लागेका हुन् ।
परिवारिक स्रोतका अनुसार वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सतिाको स्वास्थ्यमा सुधार आएको बताए ।
चिकित्सकले सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एक पटक स्वास्थय परिक्षण गराउन सुझाव दिएका थिए । चिकित्सको सुझाव अनुसार सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ गएका थिए ।
कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो । पछिल्लो समय सीताको आँखामा समेत समस्या देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया