१९ मङ्सिर २०७९, सोमवार

चीन बन्यो सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश

२०७४,आश्विन,२६,बिहीवार १६:१२

0
Shares

 तियानजीन, २६ असोज – अमेरिकालाई समेत जितेर चीन विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ ।उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एण्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन् ।उनले गत बर्ष चीनले अमेरिकाले भन्दा धेरै आइसक्रिम उत्पादन गरेको दावी गरे ।बीस बर्ष अगाडी चीनमा हरेक व्यक्तिलाई एक लिटर आइसक्रिम पुग्थ्यो भने सन् २०१६ मा त्यो मात्रा बढेर तीन लिटरमा पुगेको छ ।“अन्य विकसित देशको तुलनामा चीनमा आइसक्रिम उत्पादन गर्ने उद्योगहरू नयाँ नै छन्, त्यसैगरी घरघरमा पनि ठूलो मात्रामा उत्पादन हुन्छ,” उद्योगीहरूको एसोसिएसनका निर्देशक झु निअन्लीनले भने ।यस बर्ष मात्रै चीनले चार सय ओटा आइसक्रिम प्रदर्शनी संचालन गरेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार १६:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उनी ९१ बर्षका थिए । उनका ’फ्रिडम एट मिडनाइट’ र

काठमाडौं । गुजरात विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणअन्तर्गत उत्तर र मध्य गुजरातका १४ जिल्लाका ९३ विधानसभा निर्वाचन क्षेत्रमा सोमबार

काठमाडौं । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । नयाँ दिल्लीमा आइतबार गरिएको मापनमा

हिजाब नलगाएको आरोपमा पक्राउ परेकी एक युवतीको मृत्युसँगै देशव्यापी फैलिएको दुई महिना लामो प्रदर्शनपछि इरानले अन्ततः आफ्नो नैतिकता प्रहरी एकाइहरू

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८