काठमाडौं । मोरङको रंगेली नगरपालिका प्रमुख दिलिप अग्रवाल र उपप्रमुख केशवकुमारी खराल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरु माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका हुन् ।
बुधबार मोरङमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला र अबिर लगाएर उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।
तत्कालीन माओवादीबाट निर्वाचित उनीहरूसँगै वडा नं १ का अध्यक्ष कृष्ण खनाल, वडा ५ अध्यक्ष महानन्द मण्डल र वडा ७ का अध्यक्ष रामचन्द्र मण्डल समेत एमालेमा प्रवेश गरेका हुन् ।
त्यसैगरी वडा सदस्य शंकर साहले पनि जनता समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । आज मेयर र उपमेयरसहित ठूलो संख्यामा पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया