७५० स्थानीय तहमा पुगे वाणिज्य बैंकहरू, ३ स्थानीय तहमा मात्र पुग्न बाँकी

लोकपथ
325
Shares

काठमाडौं । वाणिज्य बैंकहरूको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या तीन मात्र रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सातवटा प्रदेशअन्तर्गत ७७ वटा जिल्लामा रहेका सात सय ५३ स्थानीय तहमध्ये हालसम्म सात सय ५० स्थानीय तहमा वाणिज्य बैंकहरूले शाखा विस्तार गरिसकेका छन् ।

जसअनुसार अब वाणिज्य बैंकहरूको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या तीन अर्थात् धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिका, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका मात्र रहेका छन् ।

शाखा पुगेका स्थानीय तहमध्ये भने प्रदेश नं १ मा एक सय ३७ मध्ये सबैमा वाणिज्य बैंकहरूको शाखा पुुगेको छ भने प्रदेश नं २ मा एक सय ३६ मध्ये सबैमा वाणिज्य बैंकहरूको शाखा पुगेको छ ।

त्यसैगरी बागमती प्रदेशमा भने एक सय १९ स्थानीय तहमध्ये एक सय १८ स्थानीय तहमा वाणिज्य बैंकहरूको शाखा पुगेको छ भने गण्डकी प्रदेशमा ८५ मध्ये ८५ स्थानीय तहमा नै वाणिज्य बैंकहरूको शाखा पुगेको छ ।

राष्ट्र बैंकका अनुसार लुम्बिनी प्रदेशमा भने एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौमा नै बैंकहरूको शाखा पुगेका छन् भने ७९ स्थानीय तहमध्ये ७८ मा वाणिज्य बैंकहरूको शाखा पुगेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा भने ८८ मध्ये ८७ स्थानीय तहहरूमा वाणिज्य बैंकहरूको शाखा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?